हेटौंडा । मकवानपुरको मनहरीमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका–३ कालिदमारस्थित भित्रि सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । उक्त दुर्घटनामा अन्य २ जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मिलडाँडा तर्फबाट हाँडिखोलातर्फ जादै गरेको मधेश प्रदेश ०३–००१ त ७१८८ नम्बरको ट्याक्टर सोमबार साँझ ८ बजे आफै अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीको भनाई छ । स्थानीय २४ वर्षीय राजकुमार प्रजा, मनहरी३ हाँडिखोला बस्ने ३० वर्षीय बिरमान रुम्बा र मनहरी–४ सालघारी बस्ने २० वर्षीय प्रबिण प्रजाको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका राजकुमारको हेटौंडास्थित चुरेहिल अस्पताल, बिरमान र प्रविणको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनामा परि मनहरी–३ हाँडिखोला बस्ने २४ वर्षीय अमृत प्रजा र ठेगाना नखुलेको ४५ वर्षीय जोखलाल प्रजा घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here