कुरिनटार । नयाँ बर्षको पहिलो दिन शुक्रबार एकै दिन १० हजार जना यात्रुले मनकामना केबलकारको यात्रा गरेका छन् । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित मनकामना केबुलकारबाट नयाँ वर्ष २०८० सुरुवातको पहिलो दिन कोभिडपछि सबैभन्दा बढी यात्रुले केबलकारको यात्रा गरेका हुन् ।
कम्पनीका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले कोभिडपछि सबैभन्दा बढी यात्रु आएको बताउँदै नयाँ वर्षमै उत्साह थपिएको जानकारी दिए। कोभिड अघि सबैभन्दा बढी १० हजार ८ सयले मनकामना केवलकार चढेका थिए ।
कम्पनीले यो केबलकार केही समयअघि एनालगबाट डिजिटल प्रणालीमा स्तरोन्नतिको गरिसकेको छ । मनकामना केबुलकार साढे दुई दशकअघि स्थापना भएको थियो ।


























