काठमाडौँ । प्रदर्शनको चौथो तेस्रो सातामा रहेको फिल्म ‘परदेशी २’ बुधवार मन्त्री, सांसददेखि चलचित्रकर्मीले हेरेका छन् । निर्माण युनिटले वानेश्वरस्थित आईएनआई सिनेमाजमा आयोजना गरेको विशेष शोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोभिता गौतम, नेकपा एमालेका सांसद ठाकुर गैरेलगायत, गायक तथा सङ्गीतकार शम्भु राई लगायतले हेरेका छन् ।

फिल्म हेरेपछि मन्त्री किराँतीले फिल्मले मन छोएको बताए । ‘नेपाली समाज र नेपाली संस्कृतिको बेजोड प्रस्तुति भएको अनुभूति गरेँ’ उनले भने । एकीकृत समाजवादीकी नेतृ तथा पूर्व मन्त्री झाँक्रीले आफूले देखेका कुरालाई नै फिल्मले उठान गरेकाले आफूलाई छोएको बताइन् । ‘मलाई कथाले एकदमै छोयो । कथावस्तु, प्रस्तुति, अभिनय सबै राम्रो छ’ उनले भनिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोभिता गौतमले फिल्म मन परेको प्रतिक्रिया दिइन् । एमालेका सांसद गैरेले फिल्मले आमाबुवाको सन्तान प्रतिको आशा के हो रु आफ्नो समाजप्रतिको अपेक्षा के हो रु बुवा आमाप्रति छोराछोरीको दायित्व के हो भन्ने कुरा देखाएको बताए ।

निर्माता एवं निर्देशक अशोक शर्मा, शम्भु राई लगायत समेत शो मा सहभागी थिए । नारायण रायमाझी निर्देशित फिल्ममा प्रकाश सपुत, केकी अधिकारी, वर्षा शिवाकोटी लगायतको मुख्य भूमिका छ । फिल्म निर्देशक रायमाझीले राजेश वंशलसँग मिलेर बनाएका हुन् । फिल्म गत असोज २६ गतेबाट प्रदर्शनमा आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here