काठमाडाैं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ ।
स्थायी समिति बैठक अघि बिहान ११ बजे कार्यालय बैठक बोलाइएको छ । उक्त बैठकले स्थायी समितिका बैठकका एजेण्डा तय गर्ने छ ।
प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र आगामी कार्ययोजनाबारे लगायतका एजेण्डामा छलफल हुनेछ ।