काठमाडाैं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा आज पनि बस्दै । शुक्रबारदेखि सुरु भएको बैठक आज पनि जारी रहने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
बैठकमा सदस्यले वैचारिक, राजनीतिक र सांगठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा धारणा राख्नेछन् । यसअघि शुक्रबारकाे बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।
पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बंगलादेशमा भएका राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गरेका थिए ।
साथै उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा दलहरूबीच भएको सहमतिबारे जानकारी गराएका थिए ।