काठमाडौँ । माओवादी केन्द्रले जिल्लालाई अधिकार सम्पन्न गर्ने गरी छलफल थालेको छ । पार्टीको विधान मस्यौदा बनाउन गठन भएको मस्यौदा समितिमा सङ्घ र जिल्लालाई अधिकार सम्पन्न बनाउने गरी छलफल भएको सदस्य गणेश साहले जानकारी दिए ।

पुस ५ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले फागुनको पहिलो साता विधान अधिवेशन गर्नका लागि पम्फा भुसालको संयोजकत्वमा ७ सदस्यीय मस्यौदा समिति गठन गरेको थियो । जसमा महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, सचिवहरू गणेश साह र राम कार्की रहेका छन् ।

साहका अनुसार शुक्रवार समितिको औपचारिक बैठक बस्ने तयारी भएको जानकारी दिए । यसअघि तीनपटक बसेको अनौपचारिक छलफलमा साङ्गठनिक स्वरूपबारे छलफल केन्द्रित रहको साहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here