काठमाडौँ । पार्टीको विधान संशोधनबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको छ । पार्टीको स्थायी कमिटी बैठक अघि पदाधिकारीहरू छलफलमा जुटेका हुन् । विधान संशोधनको मस्यौदा स्थायी कमिटी सदस्यहरूलाई अध्ययनका लागि दिइएको छ ।

पदाधिकारीपछि मस्यौदामाथि स्थायी कमिटीमा छलफल हुनेछ । पार्टीको विधान मस्यौदा समितिले १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको थियो ।आजको बैठकमा यसै विषयमा छलफल हुने प्रवक्ता अग्नि सापकोटाले रातोपाटीलाई बताए । आजको बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको पनि समीक्षा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here