काठमाडौँ । गायक मौसम गुरुङ र गायिका सुनिता बुढाक्षेत्रीले लोकदोहोरी गीत ‘दमौलीमा झर है कान्छु’ ल्याएका छन् । ओम छिनालको शब्द तथा संगीत रहेको गीतको एरेन्ज बिलन थापा मगरले गरेका हुन् । गीतको भिडियोमा रीमा गुरुङ र ओम छिनालको अभिनय देख्न सकिन्छ ।
रीमा र ओमलाई डान्स गुरुङका रूपमा कलाकार पवन गुरुङ, दीपशिखा गुरुङ, गंगा गुरुङ, मिसु गुरुङ, आयुषा गुरुङ, सरस्वती गुरुङले साथ दिएका छन् । गाउँघरको रोधी शैलीमा तयार भिडियोमा विजय लामाको छायांकन, पदम सुवेदीको सम्पादन छ । भिडियोका निर्देशन दीप गुरुङले निर्देशन गरेका हुन् ।