काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश सचिव विजय मिश्रीबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज सिंहदरबारमा भेटमा भएको हो ।

भेटका क्रममा द्विपक्षीय सरोकारका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री ओलीसँगको भेटमा नेपालको तर्फबाट परराष्ट्र सचिव सेवा लम्साल एवं भारतीय अधिकारीको सहभागिता रहेको थियो ।

आइतबार बिहान दुई दिने भ्रमणमा नेपाल आएका सचिव मिश्रीलाई नेपाली समकक्षी लम्सालले विमानस्थलमै पुगेर स्वागत गरेकी थिइन् ।

उनले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्ने कार्यतालिका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here