काठमाडौं । सुरक्षाकर्मीको हत्या अभियोगमा फरार एमाले सांसद लक्ष्मी कोइरी महतो प्रतिनिधि सभा सदस्यबाट निलम्बित भएका छन् । मंगलबार सभा सञ्चालन नभएको अवस्थामा सभामुख देवराज घिमिरेले सूचना टाँस गरेर सांसद कोइरीलाई निलम्बन गरेका हुन् ।

सोमबार नेपाल प्रहरीले सांसद कोइरीमाथि हत्या अभियोगमा अदालतमा मुद्दा चलेको र हाल उनी फरार अवस्थामा रहेकोले खोजी कार्य भइरहेको जानकारी सभामुख घिमिरेलाई पत्राचार गरी जानकारी गराएको थियो ।

महोत्तरी १ बाट निर्वाचित सांसद कोइरी फरार सूचीमा थिए । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिफारिस भएपछि सदनमा कांग्रेस, माओवादी, रास्वपालगायतका दलका सांसदले आलोचना गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here