काठमाडौं – काठमाडौं महानगरपालिकाले फुटपाथमा भएका अव्यवस्थित सामग्रीहरु हटाउन थालेको छ । कालिमाटीदेखि कुलेश्वरसम्मको फुटपाथमा अलपत्र अवस्थमा रहेका निर्माण लगायतका अन्य सामग्री महानगर नगर प्रहरीले हटाएको हो ।

फुटपाथका साथै सडक नै अवरुद्ध हुने गरी राखिएका निर्माण सामग्री, ब्लक तथा अव्यवस्थित तारहरु हटाइएको महानगर नगर प्रहरीले जनाएको छ । महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार फुटपाथलाई व्यवस्थित बनाउन महानगर प्रहरीले सुधारको अभियान अघि बढाएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here