काठमाडाैं । काठमाडौं महानगरपालिकाले प्रदर्शनकाे क्रममा सार्वजनिक सम्पत्तिमा क्षति भएको दाबी गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई जरिवाना तिर्न पत्र पठाएको छ ।
शुक्रबार राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा महानगरले पत्र पठाएको हो । महानगरले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३९ बमोजिम ५ हजार जरिवाना तिराउने निर्णय भएको भन्दै पत्र पठाएको छ ।
गत चैत २७ मा राप्रपाको प्रदर्शनबाट भृकुटीमण्डपबाट माइतीघरतर्फ जाँदै गर्दा झडप भएको थियो । त्यस क्रममा ट्राफिक आइल्याण्डमा क्षति भएकाे भन्दै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ बमोजिम २२२ रुपैयाँ मर्मत सम्भारका लागि तिराउने निर्णय गरेको छ ।
एनआईसी एसिया बैंकमा रहेको खातामा रकम दाखिला गर्न भन्दै खाता नम्बर समेत पठाएकाे छ ।