Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131

Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131

काठमाडौँ । नेपाल पूर्व प्रहरी संगठनले सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई  प्रहरी महानिरीक्षकविरुद्ध दिएको अभिव्यक्ति सच्याउन आग्रह गरेको छ । नेपाल सरकारको प्रवक्तासमे रहेका मन्त्री गुरुङले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको ‘जिब्रो थुत्नु पर्छ भन्ने असभ्य शब्द प्रयोग गरी बोलेको कुरा मिडियामा आएकोबारे संगठनले ध्यानाकर्षण भएको जनाएको हो । 

कार्यवाहक अध्यक्ष रहेका पूर्वअतिरिक्त महानिरीक्षक रूपसागर मोक्तानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारका जिम्मेवार व्यक्ति सञ्चार मन्त्रीबाट यस प्रकारको अशोभनीय शब्द प्रयोग गरी सुरक्षा प्रमुख प्रहरी महानिरीक्षकज्यूको मानमर्दन हुने गरी गालीगलौजको स्तरमा झरी विचार पोख्नु कुनै पनि हालतमा उचित मान्न सकिँदैन ।

कुनै खास विषयमा असहमति हुन सक्दछ, सभ्य तरिकाले असहमति, विचार व्यक्त गर्न सक्ने अधिकार सबैलाई छ भन्ने यहाँ उल्लेख गरिरहन पर्दैन ।’ विज्ञप्तिमा प्रहरी महानिरीक्षक मात्र नभई सुरक्षा निकाय प्रमुख समेतको मनोबल गिराउने गरी गालीगलौजको रूपमा प्रयोग भएका शब्दहरू मन्त्रीले तत्काल फिर्ता लिन आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here