काठमाडौँ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्ने बताएका छन् । दाङको बबई गाउँपालिका-५ स्थित जौafरीमा रहेको जनश्रम सरस्वती आधारभूत विद्यालयको १८ औँ वार्षिकोत्सवलाई शुक्रबार सम्बोधन गर्दै उनले ठेकेदारहरूले पनि विकासमा विलम्ब गर्ने गरेको बताएका हुन् ।

‘काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्छौँ,’ उनले भने, ‘बजेट पाएर पनि काम नगर्ने ठेकेदारले गर्दा पनि विकासमा असर गर्ने गरेको छ ।’ विकट गँगटे पुग्नका लागि अहिले पाँच किलोमिटर क्षेत्र कालोपत्रे र बाँकी ग्राभेलको काम भइरहेको समेत बताए । साथै गंगटेमा प्रहरी चौकी स्थापनाका लागि बजेट विनियोजन भइसकेकाले त्यहाँ प्रहरी पोस्ट स्थापना गर्ने तयारी रहेको समेत उनले जानकारी दिए  जुन ठाउँ विकट छ, त्यहाँको विकास भएमात्रै समग्र दाङको विकास भएको मान्न सकिने भन्दै पश्चिम दाङको विकास का लागि आफू लागेको उनको भनाई छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here