काठमडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले देशमा गैरकानुनी ढंगले अरु कोही पोषिने र राज्य लुटिने अवस्था रहेको बताएका छन् ।


आज सिहंदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको तारागाउँ विकास समिति साथै तारागाउँ रिजेन्सी होटल्स लिमिटेड सम्बन्धमा भएको छलफलमा उनले तारागाउँ रिजेन्सी होटल्सलगातसँगको सबै सूचना र तथ्य लिएर मन्त्रालयलाई जवाफ आइसकेको जानकारी गराए ।

‘राज्यलाई क्षति पुर्याउनेगरी बिभिन्न निकायहरु गलत अभ्यासहरु हुने गरेको देखिन्छ । इतिहास हेर्दा संस्थाकै रुपमा अगाडि बढेको देखिन्छ । तारागाउँ रिजेन्सी होटल्सलगायतसँगको सबै वास्तविकता र तथ्यहरु मन्त्रालयलाई जवाफ पनि आइसकको अवस्था छ,’उनले भने,‘ अख्तियारमा पनि उजुरी परेको र अख्तियारले केही निर्देशन मन्त्रालयलाई र तारागाउँ समितिलाई दिइसकेको छ । मन्त्रालय र तारागाउँ समितिले काम गर्ने सिलसिलामा आफ्नै पनि ढिलासुस्ती र पहलकदमीको कमी देखियो । त्यसैले यसको विस्तृत अध्ययन गर्नुपर्ने, निचोडमा पुग्नुपर्ने र गैर कानुनी ढंगले अरु कोही पोषिने र राज्य लुटिने अवस्थाबाट मुक्त गरिनुपर्छ ।’

उनले मन्त्रालय र तारागाउँ समितिको काम गर्ने सिलसिलामा ढिलासुस्ती र पहलकदमीको कमी देखिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here