काठमाडौं । मोदी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले वैशाख १९ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँको दरले ७२ लाख ५० हजार कित्ता आइपीओ निष्कास गर्ने भएको हो ।

जसमध्ये २९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ । त्यस्तै, ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ । बाँकी ५९ लाख ९४ हजार ४२० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

वैशाख २४ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने कम्पनी जनाएको छ । उक्त समयसम्ममा सबै सेयर बिक्री नभएमा भने जेठ २ गतेसम्म खुला रहने भएको हो । यस आइपीओलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउने ‘आइआरएन डबल बी प्लास रेटिङ’ प्रदान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here