काठमाडौं । आइतबार ५३.७० अङ्क घटेको नेप्से परिसूचक दोस्रो कारोबार सोमबार पनि २१.३२ अङ्कले गिरावट आएको छ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २१.३२ अङ्क घटेर २०७५.९७ बिन्दुमा झरेको छ । पछिल्लो एक सात उच्च अङ्कले वृद्धि भएर २१ सय बिन्दुमाथि पुगेको नेप्से पुनः दुई हजारमा बिन्दुमा झेरको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.१७ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स १.५५ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १।२९ अङ्कले घटेको छ ।
आज कारोबारमा आएको २७६ कम्पनीको ९४ लाख १८ हजार कित्ता शेयर चार अर्ब पाँच करोड १० लाख ७८ हजार रुपियाँ बराबरको खरिद बिक्री भएको छ । आइतबारको तुलनामा सोमबार कारोकार रकम पनि गिरावट आएको छ । आइतबार पाँच अर्बभन्दा बढीको शेयर खरिद बिक्री भएको थियो । नेप्सेका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ ।
जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक २।०७ प्रतिशत बढेको भने बैंकिङ, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।


























