काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य तथा पश्चिम तराईका भू-भागमा अत्याधिक गर्मी हुने सम्भावना घट्ने देखिए तापनि गर्मी हुने सम्भावना यथावत् छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा, कोशी प्रदेशका तराई भू-भागका साथै देशका बाँकी पहाडी भ-भागका थोरै स्थानमा र देशका बाँकी तराईको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र गण्डकी प्रदेशको एक -दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

दिउँसो कोशी प्रदेशमा सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका तराई भू-भागका साथै देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा र देशका बाँकी तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति कोसी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ ।कोशी प्रदेशका केही स्थानमा, देशका बाँकी पहाडी पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here