काठमाडौँ । नेपाल विद्यार्थी संघले मोरङ जिल्ला अध्यक्षलाई निलम्बन गरेको छ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा महेश दाहालमाथि कालोमोसो दलेको भन्दै नेविसंघले नेविसंघ मोरङ अध्यक्ष सरोज पोखरेललाई निलम्बन गरेको हो । 

कालोमोसो दलेको आरोपमा अध्यक्ष पोखरेललाई प्रहरीले पक्राउ गरेको थियो । गत जेठ २९ गते आफ्नै क्वाटरमा रहेका अध्यक्ष दाहालमाथि पोखरेलसहितका नेविसंघका कार्यकर्ताले कालो मसी फ्याकेर भागेका थिए ।  

आफूहरुले लामो समयदेखि राखेका विभिन्न मागहरू पुरा गर्नुको साटो एकलौटी गर्न खोजेको भन्दै कालोमोसो दलिएको उनीहरूको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here