काठमाडौं-  नेकपा एमालेकी नेतृ सांसद भगवती चाैधरीले थारु समुदायकाे बृहत्तर हक अधिकार र उत्थानका लागि देशभरका थारु समुदाय एकजुट हुनुपर्ने बताएकी छन्।थारु कल्याणकारी सभाले समस्त थारु समुदायकाे वकालत गर्न र सक्षम नेतृत्व बनाउन लाग्नु पर्नुपर्ने बताउँदै चाैधरीले पुरानाे संस्था भए पनि कमजाेर रहेकाेमा चिन्ता व्यक्त गरिन्।

सुनसरीकाे गढी गाउँपालिकामा थारू कल्याणकारिणी संस्था सुनसरीकाे ९ औं जिल्ला अधिवेशनमा बाेल्दै थारु अगुवा नेतृसमेत रहेकी चाैधरीले थारु कल्याणकारी संस्था स्थापना भएकाे ७५ वर्ष भइसक्दा पनि समय अनुसार चल्न नसकेकाे बताउँदै समग्र थारुहरूकाे विकास, उत्थानका लागि अब समय अनुसार थारूकाे पहिचान जाेगाउँदै प्रविधियुक्त बन्नुपर्ने बताइन्।थारु समुदायलाई राज्यका सबै अङ्गहरूमा पहुँच स्थापित गर्न र याेग्य नेतृत्व पहिचान गरी अगाडि बढाउन थाकसले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जाेड दिँदै सांसद चाैधरीले राजनीतिमा पनि थारुहरुकाे उपस्थिति बढाउँदै लैजानुपर्ने बताइन्।

‘थाकसकाे पहिलाे दायित्व भनेकाे आफ्नाे भाषा, संस्कार, संस्कृति र पहिचानकाे संरक्षण गर्नु हाे। दाेस्राे राजनीतिक, आर्थिक र सामाजिक रूपमा थारुहरूलाई सक्षम र याेग्य बनाउनु हाे। यस कार्यमा थाकस देशभर प्रभावकारी रूपमा अगाडी बढ्नु अपरिहार्य छ’, उनले भनिन्।सांसद चाैधरीले राज्य सत्तामा थारु समुदायकाे उपस्थिति बढाउन सकेमात्र थारु समुदायकाे हक अधिकार सुनिश्चित हुने जिकीर गरिन्।

उनले संविधानमा थारुहरूकाे छुट्टै अधिकार सुनिश्चित गरेकाे जनाउँदै थारूहरूकाे विकास, उत्थानका लागि थारू आयाेग, लाेक सेवा आयाेग जस्ता स्थानमा थारुहरूकाे सहभागीता सुनिश्चित गरेकाे भएपनि थारु जातिहरूकाे सहभागीता र उपस्थिति कमजाेर रहेकाेमा थाकसले राजनीतिक, सामाजिक, सांस्कृतिक रूपमा नेतृत्व जन्माउन लाग्नुपर्ने बताइन्।चाैधरीले सामाजिक संस्थाभित्र अनावश्यक रूपमा राजनीतिकरण हुनु दुखःद भएकाे पनि बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here