काठमाडौँ । जनता समाजवादी पार्टीकी सांसद् रञ्जुकुमार झाले भ्रष्टाचारमा हदम्याद राख्न नहुने माग गरेकी छन् । प्रतिनिधिसभा बैठकमा उनले  भ्रष्टाचार गम्भीर अपराध भएकाले यसमा हदम्याद राख्न नहुने माग गरिन् । 

‘भ्रष्टाचारको मुद्दामा हदम्याद चाहिँदैन । यसको प्रकृति छुटाउनुपर्छ,’ उनले भनिन्, ‘पाँच हजार  भ्रष्टाचार गर्ने र पाँच लाख गर्ने एउटै अपराध हैन ।’ 

उनले अर्ब र खर्बमा हुने भ्रष्टाचारमा कसरी हदम्याद राख्ने भनी अहिले राज्य व्यवस्था समितिमा रहेको विधेयकमा हदम्याद नराखी पारित गर्नुपर्ने माग गरेकी हुन् । ‘भ्रष्टाचार गम्भीर अपराध हो, यसलाई हदम्याद दिन मिल्दैन,’ उनले भनिन्,‘ भ्रष्टाचारको पनि लत हुन्छ । यो जहिले पनि हुनसक्छ । जति वर्षपछि खुल्न सक्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here