काठमाडौं ।  मिस्टर एन्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल २०२३ को दोस्रो संस्करण हुने भएको छ । विश्वकर्मा समुदायको युवायुवतीहरूलाई लक्षित गर्दै बि ब्रोस् इन्टरटेडमेन्टको आयोजनामा उक्त संस्करण हुने भएको हो ।

अध्यक्ष सञ्जय विश्वकर्माका अनुसार प्रतिभा निखार्दै उनीहरूको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको ‘हो । छनोट भएका प्रतिस्पर्धीहरूलाई झन्डै एक महिनाको विशेष प्रशिक्षण दिने उनी बताउँछन्  । नेपालका चर्चित मोडल तथा कोरियोग्राफर दिक्पल कार्कीबाट मोडलिङसम्बन्धी ज्ञान तथा प्रशिक्षण दिइने आयोजकले जनाएको छ । त्यस्तै, प्रतियोगितामा फेसन डिजाइनर रोहित चौधरी, रोविन परिवार र ज्वाला राज पोखरले पहिरनको डिजाइन गर्ने भएका छन् ।

प्रतियोगितामा १६–२९ वर्ष उमेर समूहका युवायुवतीहरूले सहभागी हुन पाइने बताइएको छ  । प्रतियोगिताका विजेताले नगद पुरस्कार सहित विभिन्न सौन्दर्य प्रतियोगिताहरूमा सहभागीसँगै  म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाउने आयोजकले जनाकारी दिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here