काठमाडौँ । मेलोडी किङ्गका रुपमा परिचित संगीतकार शम्भुजित बास्कोटालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड २०८०’ प्रदान गरिएको छ । राजधानीमा आयोजित चौथो ‘राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८०’ मा उनलाई चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसीले उक्त अवार्ड प्रदान गरे । बास्कोटालाई बिगत ५ दशकदेखिको गीतसंगीतको क्रियासिलता मुल्याङकन गर्दै लाइफटाइम अचिभमेन्ट दिइएको हो । सम्मानले आफ्नो कामको मुल्याङ्क भएको महसुस गरेको भन्दै बाँस्कोटाले खुशी ब्यक्त गरे ।

नेपालकै पहिलो रिवार्डको रुपमा स्थापित ‘साधना म्युजिक रिवार्ड २०८०’मा लोकदोहोरीतर्फ लोकगीत, शब्द, लय, गायक, गायिका, पुरुष र महिला मोडल नृत्य, त्यस्तै आधुनिक पपतर्फ शब्द, संगीत, गायक, गायिका, मोडलमा पुरुष र महिला र अन्य विधामा भिडियो निर्देशक, छायाँकार, दृश्य सम्पादक, एरेन्जर लगायतलाई अवार्ड बाँडिएको थियो । जसमा लोकदोहोरी विधा तर्फ शम्भु कुंवर, सन्तोष केसी, प्रितम पोख्रेल, अर्जुन सापकोटा, नलिना परियार, विराज विष्ट, टिका जैशी, रविन सिंह ठकुरी, आरुषि मगरले रिवार्ड प्राप्त गरे । 

त्यस्तै आधुनिक पप÷पप विधातर्फ विपिन किरण, सरोज कोईराला, डेविट शंकर, प्रतिमा के.सी, विक्रम बुढाथोकी, निरुता शाही, श्रृजन बरालले रिवार्ड प्राप्त गर्न सफल भए । यस्तै कार्यक्रममा सर्वोत्कृष्ट छायाँकार दुर्गा पौडेल, सर्वोत्कृष्ट भिडियो सम्पादकमा अमृत चापागाई, विश्वास नेपाल भए । कार्यक्रममा पब्लीक च्वाईस अवार्ड गोविन्द मधुर आचार्य, जुरी अवार्ड मोडल सरस्वती खत्री, जुरी अवार्ड मोडल सिम्रन दुलाल, पब्लीक च्वाईस भिडियो निर्देशकमा काजीश श्रेष्ठ बने ।

कार्यक्रममा र्याप गायक भरत समारी, मोडल विजेन्द्र नौवागे, संचारकर्मी चन्द्रमणी गौतम, बरिष्ठ साहित्यकार दामोदर पुडाशैनी, सञ्चारकर्मी गोमा परियार, कमला जोशी, फेशन डिजाईनर कोपिला सुनार, गायक तथा संगीतकार नवराज ढुङ्गाना, सर्जक डा. प्रकाश पौडेल, कलाकार मोडल प्रमिता राजघतानी, मेकअप आर्टिष्ट संगीता राना, कलाकार मोडल साया भण्डारी समेतले सम्मान प्राप्त गरे । गायिका सरु गौतम, गायिका कालीका रोक्कामगर र मोडल सञ्जु न्यौपाने जुरी रहेको अवार्डमा सोविता सुर्खेती, पुष्पा परियार, सपना शाही, उमेश लम्साल लगायतले कदरपत्र लिए ।

कार्यक्रममा चलचित्र विकाश वोर्डका अध्यक्ष भुवन केसीले अवार्ड कार्यक्रमले कलाकारहरुलाई प्रोत्साहन मिल्ने बताए ।कार्यक्रममा गायक सिताराम पोख्रेल, निर्देशक माधव राज खरेल, अभिनेता गजित विष्ट, बरिष्ठ चलचित्र सम्पादक नरेन्द्र खड्का, गीतकार रामचन्द्र ढकाल, सञ्चारकर्मी सुमन बैरागी, डब्बु क्षेत्री, गायिका सीता के.सी, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी लगायतको उपस्थिती थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here