काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशको नामकरणको विषयमा स्व. प्रदीप गिरिले दिएको विचारसँग नेपाली कांग्रेस सहमत हुनसके सामाजिक द्वन्द्व हटाउन सकिने बताएका छन् ।सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित स्व. प्रदीप गिरिको स्मृति सभाको अवसरमा आयोजित कार्यक्रममा उनले आफू केही दिनअघि मात्रै झापा र इलाम पुगेर आएको भन्दै कोशी प्रदेशमा नामकरणको विषयलाई लिएर स्थिति थप पेचिलो बन्दै बताए ।

उनले स्व. प्रदीप गिरिको विचारलाई जम्मा गरेर कांग्रेसले राख्ने हो भने मात्रै पनि २० वर्षसम्मका लागि कांग्रेसमा आउने समस्या सहजै समाधान गर्न सकिने बताए । 

उनले भने, ‘उहाँले यति धेरै कुरा बोल्नु, लेख्नुभएको छ, उहाँका फुटकर लेखहरु, रचनाहरु, यो सबैकुरालाई पार्टीबाट प्रकाशन गर्नुपर्छ, जम्मा गर्नुपर्छ र उहाँले भन्नुभएका कुरालाई सिलसिलावद्ध मिलाएर उहाँले बताउन खोज्नुभएको, भन्न खोज्नुभएको कुरालाई कम्तिमा पनि अर्को १५/२० वर्षका निम्ति समस्या परेको बेलामा त्यसले कांग्रेस लाई सम्बोधन गर्नेछ । त्यसबाट एउटा आधार बन्छ । म झापा र इलाम गएर आएँ ।’ 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here