काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर एक योजना सार्वजनिक गरेको छ । ‘फेस्टिभ अफर अफ भेइकल लोन’ अन्तरगत बैंकले ७.७७ प्रतिशत स्थिर ब्याजदरमा गाडी कर्जा योजना ल्याएको हो । मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतम एक करोड रुपैंयासम्म कर्जा लगानी गर्ने जनाइएको छ । कर्जा रकमको ०.५० प्रतिशत सेवा शुल्क लाग्ने बैंकले जनाएको छ । 

गाडीको कोटेसनमा अंकित मूल्यको विद्युतीय गाडी(इभी)को हकमा बढिमा ८० प्रतिशत र पेट्रोल/डिजेल गाडीको हकमा बढीमा ५० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ ।  बढीमा ७ वर्षसम्म कर्जा अवधि दिइने यो योजना  भदौ १ देखि कात्तिक मसान्तसम्म मात्र लागू हुने बैंकले जनाएको छ । 

यो योजना अन्तर्गत कर्जा लिएका ग्राहकको कर्जा अवधिभर ब्याजदर परिवर्तन हुने छैन । निवेदन दिएको ७ कार्य दिनभित्रमा निर्णय दिने यस योजनामा गाडी कर्जा सम्बन्धी अन्य प्रचलित नियमहरू आकर्षित हुने बैंकले स्पष्ट पारेको छ । यो कर्जा बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट लिन सकिने बैंकले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here