काठमाडौँ । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ । एकीकृत समाजवादीको बुधबार बसेको सचिवालय बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो । यसअघि महाधिवेशन जेठ ३ देखि ७ गतेसम्म हुने भनिएकामा आन्तरिक तयारी नपुगेकाले असारमा पुर्‍याएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । 

‘हामीले हाम्रो दसौँ राष्ट्रिय महाधिवेशनलाई केही दिन पछाडि सारेका छौ’, बैठकको निर्णय सुनाउँदै खतिवडाले भने, ‘२०८० असार १६ देखि २० गतेसम्म काठमाडौँमा गर्ने गरी निर्णय गरेका छौँ ।’एकीकृत समाजवादीले जिल्ला कमिटी र केन्द्रको विश्लेषणका आधारमा महाधिवेशन मिति केही दिन पछि सारेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here