काठमाडौं । नेपाल एयरलाइन्सले आन्तरिक उडानमा प्रयोग गर्ने उद्देश्यले तीन वटा जहाज किन्ने भएको छ । निगमले आन्तरिक स्रोतबाट दुर्गम भेगमा उडान गर्ने गरी ३ वटा नयाँ जहाज खरीद गर्ने गरी उपसमितिले सिफारिस गरेको हो ।

जहाज निर्माता कम्पनीबाट सिधै खरीद गर्ने गरी प्रक्रिया अगाडि बढाइएको समेत निगमले जनाएको छ । अहिले निगमसँग नियमित उड्न मिल्ने गरी एउटा मात्र जहाज उपलब्ध रहेको छ । निगमसँग यसअघि उपलब्ध चिनियाँ जहाज व्यवसायिक प्रयोजनमा उपयोगी नभएको र लागत मात्र थपेको भन्दै तीन वर्षदेखि नै थन्काएर राखिएको छ ।

निगमले नयाँ जहाज खरिद गरी दुर्गम भेगमा सेवा दिँदा पर्यटन प्रवर्द्धन हुने, निगमको उपस्थितिले बजार सन्तुलित भई हवाई भाडा दर केही हदसम्म सुपथ हुने र निगमको सेवा प्रभावकारी हुने बताएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानमा भने चार वटा जहाज छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here