काठमाडौं । नेपाल बैंक लिमिटेडले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितको उद्धार एवं राहतका लागि ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
नेपाल बैंक लिमिटेडका अध्यक्ष चन्द्र बहादुर अधिकारी र प्रमुख कार्यकारी अधिकृत समता पन्तले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आज बिहान उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हस्तान्तरण गरेका हुन् ।

जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्प पिडितका लागि केही राहत हेस् भनेर प्रयास गरिएको अध्यक्ष अधिकारीले बताए । साथै आगामी दिनमा समेत नेपाल बैंकले सहयोग गर्न तत्पर रहेको एवं यस्ता दैवी प्रकोपमा सहयोग गर्दै आएको र आगाामी दिनमा समेत सहयोग गर्दै जाने छ ।

त्यसैगरी बैंककी प्रमुख कार्यकारी अधिकृत समता पन्तले देशमा विपत्ती परेको अवस्थामा विगत देखी नै सहयोग गर्दै आइरहेको बताएकी छन् । कोरोनामा समेत बैंकले ३ करोड सरकारी कोषमा सहयोग गरेको भन्दै यसपटक जाजरकोट र रुकुम पश्चिम भुकम्पलाई मध्यनजर गर्दै ५० लाख रुपैया नेपाल बैंककोतर्फबाट प्रधानमन्त्री दैवी प्रकोपकोषमा सहयोग गरेको बताइन् ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा धेरै क्षति भएको थियो भने विभिन्न सरकारी निकाय एवं सङ्घसंस्थाले सहयोग उपलब्ध गराउने क्रम जारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here