काठमाडौं । नेपाल एसिसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ । सोमबार भएको सेमिफाइनलमा नेपालले सिंगापुरलाई ९७ पराजित गर्‍यो ।

पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर एक सय ८४ रन जोडेको थियो। नेपालको पालीमा सुर्यांशु कोइरालाले ४३, निरजकुमार यादबले ४२ र कप्तान अभिशेक तिवारीले २५ रन बनाएका थिए । यस्तै सन्तोष यादबले १८, दिपुकुमारले १२, प्रतिक भट्टराईले १२ र कृतिक कामतले १० रन बनाएका थिए ।

सिंगापुरले ३१.३ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्र जोड्यो । नेपालका कृतिक कामतले तीन तथा अभिशेक तिवारी, प्रतिक पोखरेल, अशोक धामी, सन्तोष यादब र नरेन भट्टले एक एक विकेट लिए। नेपालले उपाधिका लागि हङकङ र मलेसियाबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here