काठमाडौं- नेपाल सुपर लिग (एनएसएल)  अन्तर्गत बिहीबार धनगढी एफसी र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदै छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५:३० मा सुरु हुने खेलमा दुवै टोलि जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिंदै छन्।दुबै टिमको यो दोस्रो खेल भएकाले साविक उपविजेता धनगढी लगातार दोस्रो जितको लक्ष्यमा रहँदा बुटवल भने पहिलो जितको खोजिमा रहेको छ। पहिलो धनगढीले वीरगञ्ज युनाइटेडलाई २-१ पराजित गरेको थियो भने बुटवल लुम्बिनी भने ललितपुर सिटी एफसीसँग २-० ले पराजित भएको थियो।

आशिष चौधरी मार्की रहेको धनगढीको कप्तानी देवेन्द्र तामाङले गर्नेछन्। त्यस्तै मार्की एरिक विष्टले नै बुटवलको कप्तानी गरिरहेका छन्। दुवै टोलीमा नेपाली घरेलु फुटबल खेलिसकेका विदेशी खेलाडीहरु छन्। जसमा धनगढीमा ए डिभिजन खेलिसकेका आफिज ओलावाले मुख्य हतियार रहेका छन्। त्यस्तै फोडो फोफाना, अहमद हिजाजी र मोहम्मद ताहा रहँदा युरोपियन लिगहरु खेलेका फालो डियाग्ने पनि धनगढीका लागि महत्वपूर्ण बन्न सक्छन्।त्यस्तै बुटवल लुम्बिनीमा नेपाली घरेलु फुटबल खेल्दै आएका स्टेफन विनोङ, सर्ज सोङ, आन्द्रे थिएरी बिक र अर्नेस्ट तम्पी सहित गोलकिपर मोहमोदोउ लगाय रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here