काठमाडौँ – एएफसी यू–२० एसियन कप २०२४ छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ । प्यालेस्टाइनमा हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले टोलीको घोषणा गरेका हुन् । नेपाल छनोटको समूह ‘बी’ मा आयोजक प्यालेस्टाइन, नर्दन मारियाना आइल्याण्ड र युएईसँग परेको छ ।

गुरुङले बंगलादेशमा भएको साफ यू–२० महिला च्याम्पियनसिपमा यू–२० राष्ट्रिय महिला टोलीको नेतृत्व गरेका थिए ।

अन्तिम टोली
गोलकिपरः कविता विक, सावित्री किसान, लिला जोशी

डिफेन्डरः सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिता भुलन, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डरः तुलसा बोहरा, जेनिफर राणा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही

फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, सदिपा भोलन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here