काठमाडौं- नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच शनिबार दोस्रो टी-२० खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । टियू मैदान, कीर्तिपुरमा कप्तान विनोद भण्डारीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन्। नेपालले आज टोलीमा २ परिवर्तन गरेको छ। पवन सर्राफ र विपीन खत्री टोलीमा आउँदा हेमन्त धामी र अर्जुन घर्तीलाई बेन्चमा राखेको छ।पहिलो खेलमा शुक्रबार २१ रनले पराजित भएको नेपाल सिरिजमा कायम रहनका लागि पनि शनिबार जित्नै पर्ने दबाबमा मैदान उत्रिँदै छ। पहिलो खेलमा लोकेश बमको शतकका बाबजुत पराजित भएको नेपाल दोस्रो खेलमा संयमित भएर मैदान उत्रिन लागेकाे छ।

पहिलो खेलमा मध्यक्रम र पछिल्लो क्रम लगातार विकेट पतनको सिकार हुँदा केवल तीन खेलाडीले मात्र दोहोरो स्कोरमा रन बनाउन सके। ओपनर लोकेशले ५६ बलमा ९ चौका र ८ छक्काको सहयोगमा १ सय ६ रनको शतकीय इनिङ खेल्दै नेपालालई समानजनक स्कोरमा पुर्‍याउँदै जितको आधार बन्दा पनि अन्य खेलाडीले जिम्मेवार नबन्दा नेपाल पराजित भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here