काठमाडौँ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले चैतभित्र संविधान खारेजीको सम्भावना रहेको दाबी गरेका छ्न्मंगलबार पोखरामा सुरु नेपाली कांग्रेस गण्डकी प्रदेश कमिटीको प्रथम सम्मेलनमा बोल्दै उनले चैतसम्म मुलुकमा जे पनि हुन सक्ने बताए। ‘यो चैतभित्र संविधान खारेज हुन सक्छ। यदि मैले पाएको सूचना गलत छैन भने,’ उनले भने।प्रदेश संरचनाको विकल्प खोज्नु पर्नेमा पनि उनको जोड छ। उनले भने, ‘ठुलो जनमत प्रदेश संरचनाको विरोधमा छ। प्रदेशको विकल्प खोज्नुपर्छ।’

कांग्रेसलाई बलियो बनाउने हो भने अहिलेको निर्वाचन संरचना बदल्न आवश्यक रहेको उनले टिप्पणी गरे।पूर्वमन्त्रीसमेत रहेका भण्डारी हिन्दु धर्मको पक्षमा देखिए। बैद्धिक सनातन धर्मलाई कांग्रेसले बोक्नुपर्ने उनले बताए। ‘शेरबहादुर दाइले यसको नेतृत्व गर्नुस्, तपाईं राजनेताको रुपमा स्थापित हुनुहुन्छ,’ उनको आग्रह छ।पार्टी लथालिङ्ग भएको स्वीकार्दै उनले सम्हाल्न आवश्यक रहेको सुझाव दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here