काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले टि–२० क्रिकेट विश्वकपमा सहभागी हुन अमेरिका पुगेको नेपाली टिमलाई उच्च मनोबलका साथ खेलमा सहभागी हुन शुभकामना दिएका छन्।
राष्ट्रपति पौडेलले सोमबार राष्ट्रिय टिमका प्रतिनिधिमण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिएका हुन्।
सम्पूर्ण नेपाली साथमा रहेको भन्दै उच्च मनोबलका साथे मैदानमा उत्रिएर नेपाली झण्डा विश्व समुदायबिच फहराउने विश्वास व्यक्त गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
उनले नेपालले खेल्ने खेल सम्पूर्ण नेपाली विश्वभर जहाँ भएपनि हेरेर नेपाली टोलीको हौसला बढाउने विश्वास व्यक्त गरेका छन् ।