काठमाडाैं । आईसीसी टी–२० विश्वकप २०२४ अन्तर्गतकाे खेलमा नेदरल्याण्ड्सलाई २५ रनले पराजित गर्दै बंगलादेश सुपर ८ मा पुग्ने सम्भावना बलियो बनाएको छ ।

बिहीबार भएकाे खेलमा टस हारेर पहिले ब्याटिङ निम्ताे पाएकाे बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५९ रन बनाएको थियो । १६० रनकाे लक्ष्य पछ्याएकाे नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रनमात्र बनाउन सक्यो ।

बंगलादेशकाे जितका लागि शाकिब अल हसनले ४६ बलमा ९ चौकाकाे मद्दतले ६४ रन जोडे ।

ओपनर तान्जिद हसनले २६ बलमा ५ चौका र १ छक्काकाे मद्दतले ३५ रनको बनाए । त्यस्तै, मोहम्दुल्लाहले २५ र जाकेर अलीले १४ रन बनाए ।

नेदरल्याण्ड्सका लागि आर्यन दत्त र पाउल भान मेकरेनले २–२ विकेट लिए ।

नेदरल्याण्ड्सका लागि विक्रमजित सिंहले १६ बलमा ३ छक्काकाे मद्दतले २६ रन बनाए । त्यस्तै, कप्तान स्कट एडवड्र्सले २३ बलमा २५ रनको योगदान दिए । ओपनर माइकल लेभिटले १८ , आर्यन दत्तले १५ र म्याक्स ओ डाउडले १२ रन बनाए ।

बंगलादेशका लागि रिसाद होसेनले तीन विकेट लिए ।

समूह डी मा रहेको बंगलादेशको यो दोस्रो जित हो । ३ खेलबाट टोलीले ४ अंक जोडेको छ । नेदरल्याण्ड्स २ अंकमा सीमित छ ।

यो समूहबाट ३ खेलबाट ६ अंक जोडदै दक्षिण अफ्रिकाले यसअघि अर्को चरणमा स्थान बनाइसकेको छ । यही समूहमा रहेकाे नेपालले २ खेलबाट एक अंक जाेडेकाे छ । ३ खेल खेलेको श्रीलंकाको एक अंक मात्र रहेको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here