काठमाडाैं । आईसीसी टी-२० विश्वकप अन्तर्गतको पहिलाे खेलमा नेपाल नेदरल्याण्ड्सँग ६ विकेटले पराजित भएकाे छ ।

अमेरिकाको ड्यालसस्थित ग्रान्ड पाइरी रंगशालामा सुरू भएको खेलमा नेदरल्याण्ड्ससँग टस हारेर ब्याटिङको निम्तो पाएकाे नेपालले सबै विकेटको क्षतिमा १०६ रन बनाएको थियाे ।

१०७ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो ।

नेदरल्याण्ड्सकाे जितका लागि म्याक्स ओ डाउडले सर्वाधिक ५४ रन बनाए । विक्रमजित सिंहले २८ र साइब्रान्ड एन्जलब्रर्चटले १४ रनको योगदान दिए ।

नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहराले १–१ विकेट लिए ।

नेपालका लागि कप्तान रोहित पौडेलले ३७ बलमा ५ चौकाको मद्दतले ३५ रन बनाए । त्यस्तै,कुशल भुर्तेलले ७ रन बनाए भने आसिफ शेख ४ रन बनाएर आउट भए ।

करन केसी १७, गुल्सन झा १४, अनिल शाह ११ र कुशल मल्लले ९ रन बनाएर आउट भए ।

नेदरल्याण्ड्स लागि टिम प्रिंगल र लोगन भान विकले ३-३ विकेट लिए । पाउल भान मेकरेन र बास डे लिडेले २-२ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here