लन्डन । जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीको ‘फूल छ कि काँडा’ बोलको गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सञ्जीवनी र सौरभ दासको आवाज रहेको यस गीतको म्युजिक भिडियोमा ज्योति खड्का, सुमन अधिकारी र योदिश न्यौपानेले अभिनय गरेका छन् ।
साहित्यिक नाम दुबसु क्षेत्रीका रूपमा परिचित राजदूत सुवेदीको शब्द सिर्जना रहेको छ भने वरिष्ठ सङ्गीतकार शिखर सन्तोषले सङ्गीत दिएका हुन् ।
सुवेदीका गीत, कविता, गजल जस्ता दर्जनौँ साहित्यिक सृजनाहरू यसअघि पनि सार्वजनिक भइसकेका छन् ।


























