काठमाडौं । कुटुम्ब ब्याण्डले नयाँ बर्षको अवसरमा कन्सर्ट गर्ने भएको छ । नेपाली संगीत प्रेमीहरुको स्थापित भएको कुटुम्ब ब्याण्डले वैशाख १ गते काठमाडौँको टुँडिखेलमा कन्सर्ट गर्ने भएको हो ।

कन्सर्टमा कुटुम्बले नयाँ वर्षको स्वागत गर्दै नयाँ कोसेली सहित दर्जन बढी गीतहरु प्रस्तुत गर्ने भएको छ । कुटुम्बको कन्सर्टको अलवा उक्त दिन टुँलिखेलमा योगा, ध्यान र उत्सवको ‘ओशो महोत्सव’ पनि आयोजना हुँदैछ । ओशो तपोवनको सहकार्यमा ओम नेपाल मिडियाले यो महोत्सव गर्न लागेको हो । कार्यक्रममा कुटुम्बले आफ्नो नयाँ सांगीतिक कोसेली सार्वजनिक गर्ने कार्यक्रम समेत छ । विहान ९ बजेदेखि राति ९ बजेसम्म हुने महोत्सवमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र संस्कृतिका व्यक्तिहरुलाई सुहाउने विविध प्रकारका कार्यक्रमहरु रहने भएको छ ।

महोत्सव निशुल्क अवलोकन गर्न पाइने आयोजक पक्षले जनाएको छ । साँझ ५० हजार व्यक्तिले एकसाथ ध्यान र उत्सव गर्ने ओशो तपोवन कार्यक्रम आयोजकले बताएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here