काठमाडौं । नवनियुक्त तीन मन्त्रीहरूको शपथ ग्रहण आज हुँदैछ । शपथ आज दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । नेपाली कांग्रेसबाट मन्त्रीमा नियुक्त भएका धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउन लागेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा कांग्रेस उपसभापति धनराज गुरुङलाई कानुन, केन्द्रीय सदस्य मोहन बस्नेतलाई स्वास्थ्य र कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन् । तिनैजना नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here