काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ऋणी सदस्यहरूका लागि ब्याज तथा अन्य छुट दिने योजना सार्वजनिक गरेको छ । देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण लघुवित्तको ऋणी सदस्यहरू र कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउन छुट योजना ल्याइएको कम्पनीले जानकारी दिएको हो । प्रचलित नियमनकारी व्यवस्था अनुसार २०८० फाल्गुन मसान्तमा निष्क्रिय कर्जाको रूपमा वर्गीकरण भएका कर्जाहरूको हकमा यो लागू हुनेछ । सम्बन्धित ऋणीले भुक्तान गर्ने मितिसम्मको पाकेको ब्याज तथा किस्ता रकम पूर्ण रूपमा चुक्ता भुक्तान गर्नुको साथै सम्पूर्ण कर्जा रकम नै २०८० चैत्र मसान्तभित्र पूर्ण रूपमा चुक्ता भुक्तान गरेमा भुक्तान गर्ने मितिसम्म लाग्ने जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र ब्याज रकममा समेत संलग्न तालिकामा उल्लेख भएको योजना बमोजिम छुट प्रदान गर्ने कम्पनीको भनाई छ । 

संस्थाबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका तथा अन्य कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्नेछन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here