काठमाडौं । उत्तरी कंगोमा विद्रोही समूहको आक्रमणमा परी ४५ जना भन्दाबढिको मृत्यु भएको छ ।
कंगो विकासका लागि सहकार्य नामक मिलिसिया समूहले सोमबार उत्तरी कंगोको दिजुगु क्षेत्रको लाला भन्ने स्थानमा आन्तरिक रुपमा विस्थापित भएका मानिसहरुको बस्तीमा आक्रमण गर्दा ४५ जना भन्दाबढिको मृत्यु भएको हो । नरसंहार भएको स्थानदेखि पाँच किलोमिटर मात्रै पर राष्ट्रसंघीय शान्ति सैनिकको क्याम्प समेत रहेको राष्ट्रसंघले जनाएको छ ।
आक्रमणकारीहरुले विस्थापितहरुको बस्तीमा प्रवेश गरेर अन्धाधुन्द गोली प्रहार गर्ने तथा घरहरुमा आगो लगाउने गरेका थिए । मृतकहरुका लाश बाटो र घर अगाडी क्षतविक्षत अवस्थामा छाडिएको राष्ट्रसंघीय शान्ति सैनिकहरुले बताएका छन् ।
            
	
























