काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा विद्यार्थी भर्नाका लागि कम्तीमा १५ दिनसम्म आवेदन दिन पाउने व्यवस्था गर्न शैक्षिक संस्थाहरूलाई निर्देशन दिएको छ । महानगरपालिकाको शिक्षा विभागले आज सूचना प्रकाशन एसईईको नतिजा आएको मितिले कम्तीमा १५ दिन म्याद राखेर आवेदन दिन पाउने व्यवस्था गर्न निर्देशन दिएको हो ।

विगतमा शिक्षण संस्थाहरूले फरक–फरक भर्ना तालिका तय गरेर छोटो अवधिको सूचना प्रकाशन गरेका कारण देशका विभिन्न क्षेत्रबाट काठमाडौं आउने विद्यार्थी आवेदन दिनबाट वञ्चित भएको महानगरपालिकाले जनाएको छ ।

यस्तै कक्षा ११ मा भर्ना गर्ने विद्यार्थीको कोटा निर्धारण गरेर छात्तवृत्ति उपलब्ध गराउन पनि शिक्षण संस्थाहरूलाई महानगरपालिकाले ​निर्देशन दिएको छ । यसका लागि शैक्षिक सत्र २०७९र८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको सूची असार मसान्तभित्र पठाउन भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here