काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सयले घटेर एक लाख आठ हजार तीन सय रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ हजारले घटेर १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज भने तोलामा एक लाख सात हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार चाँदी तोलामा पाँच रुपैयाँले घटेर एक हजार तीन सय ४५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here