काठमाडौँ ।  बाघको आक्रमणमा परी पर्सामा एक जनाको ज्यान गएको छ।बाघको आक्रमणबाट पटेर्वासुगौली गापालिका- २ थरुहटी बस्ने ३२ वर्षीय मनोज राउत धागडको ज्यान गएको हो।आइतबार साँझ ६ बजे गाउँ नजिकैको जंगलमा शौच गर्न जाँदा बाघले आक्रमण गर्दा मनोजको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here