काठमाडौँ । पर्सामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पोखरीया नगरपालिका-१० शिवबर्वा बस्ने ४५ वर्षीय पन्नालाल साहको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो ।

सखुवा प्रसौनी गाउँपालिका-५ पटनिस्थित बाटोमा ना.१० प १५१८ नम्बरको मोटरसाइकल शनिबार राति अनियन्त्रित भई पुलको पोलमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै थप उपचारको लागि पोखरीया अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकलमा पन्नालालसहित ३ जना सवार रहेको र अन्य २ जना फरार रहेको बुझिएको छ । हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here