बुटवल । बिहानैदेखि पहिरो खसेर अवरुद्ध भएको सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ । राजमार्ग एकतर्फी सञ्चालनमा आएपछि बिहानैदेखि रोकिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको दोभान प्रहरी चौकीले जनाएको छ ।
सिद्धार्थ राजमार्ग भएर तराईबाट पहाड जाने र पहाडबाट तराई झरेका सयौँ सवारी साधन बाटोमै रोकिएका थिए । सिद्धबाबा सुरुङ मार्ग क्षेत्रको उत्तरतर्फको प्रवेश बिन्दुमा पहिरो खसेपछि राजमार्ग बिहानैदेखि अवरुद्ध भएको थियो । सिद्धबाबा सुरुङ मार्ग आयोजना अन्तर्गत चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले राजमार्गमा खसेको पहिरो पन्छाउन मेसिनले सहयोग गरेकाले छिटै एकतर्फी सञ्चालन गर्न सकिएको हो ।


























