काठमाडौँ । तनहुँको बन्दिपुर गाउँपालिका ६ का अध्यक्ष बलबहादुर गुरुङले वडा सचिव नवीन भुसालको घाँटी अँठ्याउँदै चड्कन हानेको विषय प्रतिनिधिसभामा उठेको छ ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले कर्मचारीलाई वातावरण निर्माण गर्न सरकारसँग माग गर्दै त्यो विषय उठाएका हुन् ।

वडास्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत गर्न नमानेको भन्दै एमालेबाट निर्वाचित वडाध्यक्ष गुरुङले वडा सचिव भुसाललाई कुटपिट गरेका थिए ।

वडाध्यक्ष गुरुङको कुटाइबाट घाँटी र गालामा निल डाम रहेको भुसाललाई बन्दीपुर अस्पतालमा प्रारम्भिक उपचारपछि भरतपुर अस्पताल रिफर गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here