काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय समितिको बैठकले सभापति लामिछानेलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको हो ।
पार्टीका प्रवक्ता डा। मुकुल ढकालका अनुसार लामिछानेलाई आजै बस्ने रास्वपा संसदीय दलको बैठकले संसदीय दलको नेता चयन गर्ने भएको छ । यसअघि नागरिकता विवादमा सांसद पद गुमेपछि उपसभापति डोलप्रसाद अर्याल संसदीय दलको नेता बनेका अर्यालले आइतबार जिम्मेवारीबाट राजीनामा दिइसकेका छन् ।