रामेछाप। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि फरक ढंगले क्रान्ति जारी रहेको बताएका छन् । जनयुद्धको शान्तिपूर्ण रूपान्तरणसँगै क्रान्तिको स्वरूप पनि फेरिएको उनको भनाइ छ ।
बिहीबार रामेछापको सुनापति गाउँपालिका वडा नम्बर ४ स्थित पानीघाटमा आयोजित २७ औँ बेथान वीरता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधामन्त्रीले तत्कालीन युद्धका क्रममा आफूहरुले घरेलु हतियारकै बलमा बेथान चौकीमा आक्रमण गरेको स्मरण गरे । बेथान चौकी आक्रमण हुँदा आफू लुम्लेको कृषि फममा रहेको पनि बताए ।