काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी)ले यूएईविरुद्ध राम्रो सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदामनमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले १०० रन पूरा गरेको छ ।
पीएनजीका किप्लिन दोरिगाले ५५ रनको अर्धशतकीय पारी खेलेर आउट भए । पीएनजीले १७ औं ओभरको चौथो बलमा १०० रन पूरा गरेको हो । पीएनजीका लागि अहिले हिरी हिरी ४१ रन बनाएर त्रिजमा छन् । १० ओभरको समाप्तिमा पीएनजीले १ विकेट गुमाएर १०१ रन बनाएको छ ।


























